मालदा: मालदा जिल्लामा जग्गा विवादमा दुई परिवाबिच कुटपिट भएको छ। झडपका क्रममा दुवै पक्षबाट लाठी र हुसुआ प्रयोग भएको थियो। जसमा दुई परिवारका ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई मालदा मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ भने बाँकीको गजोल ग्रामीण अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। यी दुई परिवारबीचको झगडापछि गाउँमा तनाव छ। उक्त क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।