भद्रपुर दुर्घटनामा घाइते गिरीको पनि निधन

IMG-20241011-WA0278

झापा (भद्रपुर ): झापा जिल्लाको मेची राजमार्गअन्तर्गत चारआली-चन्द्रगढी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ। दुर्घटना गएराति ९:५० बजे भएको थियो, जसमा भद्रपुर-१० का २३ वर्षीय आलोक भण्डारीको घटनास्थलमै मृत्यु भयो। उनी प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल चलाइरहेका थिए, जुन विपरित दिशाबाट आइरहेको मे ८ प २८३५ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। आलोकलाई तत्कालै ओमसाई हस्पिटलमा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।
दुर्घटनामा सो मोटरसाइकलका पछाडि सवार बिपान्सु राउत र अर्को मोटरसाइकलका चालक संजिप गिरी गम्भीर घाइते भएका थिए। संजिप गिरीलाई बिर्तामोडको बीएण्डसी हस्पिटलमा लगिएको थियो, जहाँ आज दिउँसो ३:५५ बजे उपचारको क्रममा उनको मृत्यु भयो। बिपान्सु राउत भने उपचारपछि घर फर्किएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement