मंगन: बेटी बचाऔं, बेटी पढाऔं पहल अन्तर्गत आज मंगनमा अन्तरराष्ट्रिय बालिका दिवस पालन गरियो। कार्यक्रममा सिङघिक सेन्ताम जीपीयूका पञ्चायत सभापति मुख्य अतिथि थिए।कार्यक्रममा मंगनकी सीडीपीओ सोनाम लाडेन लाचुङ्गपा र जङ्गूका सीडीपीओ नेटुक लेप्चाले वान स्टप सेन्टर, प्रधानमन्त्री मातृ वन्दना योजना, पोक्सो, किशोर बालिकाहरूका लागि योजना, बेटी बचाऔं बेटी पढाऔं आदि विषयहरूमाथि जानकारी गराए।
कार्यक्रममा सरकारका विभिन्न योजना र कार्यक्रमहरूको बारेमा जानकारी प्रदान गरेर महिलाहरू र बालिकाहरूलाई सशक्त गर्ने प्रयास गरियो। यस क्रममा बाल बालिकाहरूको स्वास्थ्य एवं पोषण, गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूप्रति आईसीडीएसको भूमिकाबारे अवगत गराइयो।यस अवसरमा बाल बालिकाहरूको उपस्थितिमा केक काटेर वितरण गरिएको थियो। यसैगरी, नानीहरूलाई लिएर खेलकुद र प्रश्नोत्तर प्रतियोगिताहरू आयोजना गरियो भने विजयी प्रतिभागीहरूलाई पुरस्कृत गरियो।