काेकराझाड़ (असम):: दुर्गा पूजाको अष्टमी/नवमीको अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार कोकराझाड़, चिरांग औ बंगाईगाउँमा माँ दुर्गाको पूजा-अर्चना गरे।कोकराझाड़ शहरको बोड़ो बजारमा ऐतिहासिक १५४औं दुर्गा पूजा उत्सवको अवसरमा आयोजित एक समारोहको उद्घाटन गरेर डा. सरमाले क्षेत्रको उत्साहपूर्ण परिवेशमा थप उत्साह थपिदिए। यस अवधि धेरैजना मानिसहरूले मुख्यमन्त्रीसित सेल्फी लिए। मुख्यमन्त्रीले देवी दुर्गासित आशीर्वाद मागे। मुख्यमन्त्रीले डिपोट रोडस्थित दुर्गा बारी पूजा, सुभाषपुली सार्वजनिक दुर्गा पूजा, शान्ति नगर सार्वजनिक दुर्गा पूजा औ गौड़ नगर सार्वजनिक दुर्गा पूजा स्थलहरू सहित विभिन्न दुर्गा पूजा स्थलहरूमा पुगेर पूजामा भाग लिए। यस अवधि मुख्यमन्त्रीसित बोडोल्याण्ज प्रादेशिक परिषद् (बीटीसी)-का मुख्य कार्यकारी सदस्य प्रमोद बोड़ो र विधायक लरेन्स इस्लारी पनि पूजामा सामेल भए। कोकराझारका मानिसहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री डा. सरमाले उनीहरूलाई हार्दिक शुभकामना दिए। उनले आशा व्यक्त गरे, देवी दुर्गाले बाधाहरूलाई दूर गरिदिनेछन् अनि असमका सबै नागरिकहरूको लागि शान्ति तथा सृद्धि लिएर आउनेछन्। कोकराझार पश्चात मुख्यमन्त्रीले चिरांग र बंगाईगाउँमा दुर्गा पूजनोत्सवमा भाग लिए।