पूजा पण्डलमा तोडफोड र पूजा समितिका सदस्यलाई कुटपिट गरेको आरोप

IMG-20241011-WA0234

कोचबिहार: कोचबिहार जिल्लाको तुफानगंज-२ ब्लकको महिषकुची-२ ग्राम पञ्चायतको तकवामारी क्षेत्रमा रातको अँध्यारोमा पूजा मण्डपमा तोडफोड र पूजा समितिका सदस्यहरूलाई कुटपिटको घटनालाई लिएर भारी तनाव देखिएको छ। तुफानगंज-२ ब्लक तृणमूल कांग्रेस कमिटी अध्यक्ष चैती बरुआका छोरा तथा तृणमूलका पूर्व क्षेत्रीय अध्यक्ष निहार बरुआमाथि पूजा मण्डप तोडफोड गरेको आरोप लागेको छ। घटनाको विरोधमा गाउँलेहरुले शुक्रबार सडक अवरुद्ध गरी विरोध प्रदर्शनमा सहभागी भए। स्थिति नियन्त्रणमा लिन बक्शीशहर पुलिस चौकीबाट ठूलो संख्यामा पुलिस घटनास्थलमा  पुगेको थियो। स्थितिलाई नियन्त्रणमा लिए। तर, तृणमूल नेता निहार बरुआले सबै आरोप अस्वीकार गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement