फ्रेञ्च ओपनः थिएम र मुगुरुजा पहिलो राउण्डमै बाहिर

photocollage_2022523162455742.jpg

२३ मईः विश्वका पूर्व नम्बर तीन खेलाड़ी अष्ट्रियाका डोमिनिक थिएम आइतवार लगातार दशौं हारको साथ फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको पुरुष एकलको पहिलो राउण्डमै बाहिर भए। यसरी नै महिला एकलमा पनि पूर्व विजेता गार्बाइन मुगुरुजाले पहिलो राउण्डको वाधा पार गर्न सकिनन्। अहिले विश्वका १९४औं नम्बरका खेलाड़ी २८ वर्षीय थिएमलाई ह्युगो डेलियनले सीधा सेटमा ६-३, ६-२, ६-४-ले पराजित गरे। विश्व ऱ्यांकिंगमा लगातार ह्रास र लगातार दशौंपल्ट हारको सम्मुखीन भएपछि थिएमले अब सम्भवत तल्लो स्तरका च्यालेञ्जर टुर्नामेण्ट खेलेर जीतको साथ आत्मविश्वास हासिल गर्नेछन्। पेरिसमा २०१८-मा रफायल नडाल विरुद्ध अनि २०२०-को अष्ट्रेलियन ओपनमा नोवाक जोकोविच विरुद्ध पराजित भएर उपविजेता रहने थिएमले एटीपी टूरमा अन्तिमपल्ट मई २०२१-मा म्याच जितेका थिए।
सालको दोस्रो ग्राण्ड स्ल्यामको पहिलो दिन हल्का वर्षा पनि भयो। कोविड महामारीपछि स्टेडियमको क्षमताको शत प्रतिशत दर्शकहरूलाई स्टेडियममा आउने अनुमति दिइयो अनि स्ट्याण्डमा मास्क लगाउनु पनि अनिवार्य थिएन। यसबीच स्पेनका १९ वर्षीय स्टार खेलाड़ी कार्लोस अल्कारेजले युआन इग्नेसियो लोण्डेरो विरुद्ध ६-४, ६-२, ६-०-ले जीत हासिल गरे। पुरुष एकलमा नवौं वरीयता प्राप्त फेलिक्स आगर एलियासिमले फ्रेञ्च ओपनमा तेस्रो प्रयासमा पहिलो दुईवटा सेट गुमाएर पहिलो जीत हासिल गरे। कनाडाका २० वर्षीय एलियासिमले पदार्पण गरिरहेका पेरुका क्वालीफायर युआन पाब्ले वेरिलासलाई २-६, २-६, ६-१, ६-३, ६-३-ले पराजित गरे।
महिला एकलमा चाहिँ शीर्ष दश खेलाड़ीहरूमा सामेल अनि २०१६-की च्याम्पियन स्पेनकी मुगुरुजा एस्टोनियाकी काइया केनेपी विरुद्ध २-६, ६-३, ६-४-ले हारको सम्मुखीन भइन्। यसरी मुगुरुजाले पेरिसमा लगातार दोस्रो साल पहिलो राउण्डमा हारको सामना गर्नु पऱ्यो। अमेरिकाकी १८ वर्षीय कोको गफले कनाडाकी क्वालीफायर रेबेका मारिनोलाई ७-५, ६-०-ले पराजित गरी दोस्रो राउण्डमा स्थान बनाइन् तर पोल्याण्डकी ५६औं ऱ्यांकिंग भएकी माग्दा लिनेटले छैटौं वरीयता प्राप्त ट्यूनिशियाकी ओन्स जेबुरलाई ३-६, ७-६ (४), ७-५-ले पराजित गरिन्। महिला एकल वर्गमा अमेरिकी ओपन २०१७-की च्याम्पियन स्लोएन स्टीफन्स, विश्वकी २३औं नम्बरकी खेलाड़ी जिल टिचम्यान, २६औं नम्बरकी खेलाड़ी सोराना क्रिस्टिया जबकि पुरुष एकल वर्गमा तेस्रो नम्बरमा एलेक्जेण्डर ज्वेरेव, १८औं नम्बरका ग्रिगोर दिमित्रोव, २३औं नम्बरका जन इस्नर र २६औं नम्बरका बोटिन वेन डी जेण्डशल्प पनि आ-आफ्नो म्याच जित्न सफल भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement