तुम्रुकको फार्ममा प्रहरीको छापाः जुवाडे फरार, सेक्युरिटी गार्ड पक्राउ

IMG-20241011-WA0255

झापा (दमक): झापा तथा मोरङ्ग जिल्लाकै ‘कुख्यात जुवाडेको रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ।
अलकत्रा स्टोर गरेको उर्लावारी– ३ स्थित तुम्रुकको फार्ममा गएराति प्रहरीले छापा मारेको हो। सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लावारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो। तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन्। प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरुलाई भगाएका छन्। प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतिक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्वूलाई पक्राउ गरेको छ।
प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको छ। प्र १ –०२–०५१ प २१८७ , को ३१ प ७१७६,प्र १-०२-०५५प ६२८२, को २९ प ८९१० नं को मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक राकेश यादवले बताए। उनले जुवा खेल्ने र खेलाउनेको खोजी भइरहेको जानकारी दिए।
यसअघि गत भदौ २९ गते राति मोरङको ग्रामथानमा जुवा खेल्दै गर्दा प्रहरी पुगेपछि तुम्रुक भाग्न सफल भएका थिए। त्यतिबेला ९ जना जुवाडे पक्राउ परेका थिए। प्रहरीले उनको गाडी नियन्त्रणमा लिएको थियो। केही बर्ष पहिले बिर्तामोड अतिथि सदनको एक प्रसाई थरका व्याक्तिको घरबाट तुब्रोक सहित सुरुङ्गाका दजनौ जुवाडे पक्राउ परेका थिए। तुब्रोकले प्रदेश नम्बर एकको प्राय सबै स्थानमा जुवा खेल्दै खेलाउदै आएका छन्। उनी हरेक २ दिनमा एक पालिका फेरेर जुवा खेलाउदै आएको र प्राय कनकाई नगरपालिका र बिर्तामोड नगरपालिका, बुद्धशान्ति गाउँपालिका क्षेत्रमा बाक्लै रुपमा जुवा खेलाउँदै आएको जानकारहरु बताउँछन्। जुवा खेल्नेक्रममा सापटी रकम समेत आफै दिने तथा जुवा खेलाएवापत मोटो रकम जितौरी उठाउँदै आएका तुब्रोक देशकै नामुक जुवाडे हुन्। उनी पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement