दशैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा, टीका लगाउँदा कता फर्किने?

IMG-20241011-WA0247

झापा (भद्रपुर): यस वर्ष विजया दशमीको साइत अक्टूबर १२ शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
त्यस दिन बिहान ८ बजर ३३ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ३६ मिनटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने जनाइएको छ। यस वर्षको नवरात्र अर्थात् दसैं यही अक्टूबर ३ गुरुबारदेखि सुरु हुँदैछ।
त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ। साथै असोज १८ गते शुक्रबार झण्डा फेर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ। त्यसैगरी अक्टूबर १६ बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने हुन्छ। यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement