भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओद्वारा घैयाबारीमा नौ दिवसीय दुर्गा पूजा

IMG-20241011-WA0244

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारीमा रहेका भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओको आयोजनामा दुर्गा पूजा सम्पन्न भएको छ। घैयाबारीको मानेडाँड़ास्थित वैष्णवदेवी दुर्गा मन्दिरमा नौ दिवसीय दुर्गा पूजाको समापन भएको छ। उक्त दुर्गा पूजा पण्डित कुलप्रसाद कोइरालाको अगुवाईमा सम्पन्न गरिएको छ। उक्त नौ दिवसीय पूजा गत २ अक्टोबरदेखि शुरु भएर आज ११ अक्टोबरको दिन समापन गरिएको छ। यस दुर्गा पूजा अन्तर्गत पहिलो दिन घटस्थापना र शैलापुत्री माताको पूजा गरिएको छ। त्यसरी नै अन्य दिनहरूमा ब्रह्मचारी माता, पुष्पा माण्डा माता, पञ्चम स्कन्द माता, कात्यायानी माता, कालरात्री माता, गौरी र सिध्द धात्री माताको पूजा गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै उक्त नौ दिवसीय दुर्गा पूजाको समापनमा आज आरतीसहित हवन पनि सम्पन्न भएको छ। यस अवसरमा नौ देवी माताहरूको रूपमा ९ जना कन्याहरूलाई सम्मानसहित पुजिएको छ। उक्त नौ दिवसीय दुर्गा पूजाको लागि कारगिल एनजीओको आयोजनामा दुर्गा पूजा आयोजक समिति गठन गरिएको थियो जसमा सुरज तामाङ सभापति, देवपाल लामा सचिव र गणेश तामाङ कोषाध्यक्ष रहेका थिए। विशेष गरेर २००५ मा स्थापना भएको घैयाबारीको मानेडाँड़ास्थित दुर्गा मन्दिरमा कारगिल एनजीओको सभापति एंव भूतपूर्व सैनिक सुवाङ्ग सुब्बाले पूजा गर्दै आईरहेका थिए भने यसपालीदेखि कारगिल एनजीओको आयोजनामा दुर्गा पूजा आयोजना गरिएको छ। उक्त दुर्गा पूजामा कारगिल एनजीओको सभापति सुवाङ्ग सुब्बा, उपाध्यक्ष हेमराज गुरुङ, सचिव गणेश तामाङ लगायत अन्य सदस्यहरू उपस्थित रहेका थिए। उक्त दुर्गा पूजा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पूजा आयोजक समितिको सभापति सुरज तामाङ र सचिव देवपाल लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार भूतपूर्व सैनिकहरूद्वारा गठित गैर सरकारी संस्था कारगिल एनजीओको यसपाली प्रथमपल्ट दुर्गा पूजा घैयाबारीक मानेडाँड़ास्थित दुर्गा मन्दिरमा आयोजना गरिएको छ। दुवैले यस दुर्गा पूजामा सहयोग गर्ने र उपस्थित हुने सबैलाई धन्यवाद दिएका छन्। उल्लेखनीय घैयाबारी क्षेत्रका भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओद्वारा विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेका छन् भने यसपाली दुर्गा पूजा पनि आयोजना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement