खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको देवीझोड़ा पगलाझोड़ाका युवाहरूले प्लास्टिकमुक्त गाउँ बनाउन अभियान शुरु गरेका छन्। देवीझोड़ाका १५-२० जना युवाहरू मिलेर गाउँको सबै नाली झोड़ाहरू सर सफाई गर्दै गाउँको सबै मैलाहरू सफाई गरेका छन् भने गाउँलाई सफा र सुग्घर बनाउनलाई अभियान नै शुरु गरेका छन्।

युवाहरूले विशेष गरी गिध्द पहाड़देखि बगेर आएको सबै फोहोर मैलाहरू सर सफाई गरेका छन्। यसको साथै युवाहरूले गाउँलाई प्लास्टिकमुक्त बनाउन कार्य थालेका छन् र यसको लागि गाउँको ठाउँ ठाउँमा डस्टबीनहरू पनि राख्ने योजना रहेको युवाहरूको पक्षमा सचिन गिरीले बताएका छन्।

उनले बताए अनुसार देवीझोड़ा गाउँलाई शुरुमा प्लास्टिकमुक्त गाउँ बनाउने त्यसपछि ईको टुरिज्ममाथि कार्य गर्ने पनि बताएका छन्। यसको लागि पहिला गाउँलाई प्लास्टिकमुक्त बनाएर स्वच्छ गाउँ अनि त्यसपछि ईको टुरिज्मको लागि युवाहरूले मिलेर कार्य गर्ने बताएका छन्। यस कार्यको लागि युवाहरूलाई एकमुष्टमा राखेर सामुहिक रूपमा कार्य गर्नलाई आगामी केही दिनमा नै कमिटी पनि गठन गरिने जानकारी प्राप्त भएको छ।