पुण्य गौतम माथि रड प्रहार गर्ने दुर्गा प्रसाईँका कार्यकर्ता, दुई पक्राउ

IMG-20241011-WA0136

काठमांडू: अभियन्ता पुण्य गौतम माथि रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत अक्टूबर ७मा राती जाेरपाटीस्थित निवास गइरहेको बेला गौतम माथि रड प्रहार भएको थियो। जसका कारण उनी गम्भीर घाइते भई नेपाल मेडिकल कलेजको आइसियुमा भर्ना भएका छन्। अभियन्ता गौतम खतरामुक्त छन्।
प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने वर्ष ३० को टासी लामा भन्ने सञ्जीव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका-०५ घर भई गोकर्णेश्‍वर नपा-४ बस्ने वर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले सो रड प्रहार गरेको खुल्न आएको छ।
प्रहरीका अनुसार सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement