गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रसिद्ध उद्योगपति एवं समाज सेवक रतन टाटाको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले व्यापार र परोपकारको क्षेत्रमा एक विशाल व्यक्तित्व रतन टाटाको योगदानले टाटा समूह र फराकिलो उद्योग परिदृश्यलाई पनि परिवर्तन गरेको बताएका छन्।मुख्यमन्त्रीले आज सोशल साइट फेसबुक पोस्टमा भने, ‘इमानदारी र नैतिकताका मूल्यहरूलाई समर्थन गर्दै उहाँको दृष्टि र नेतृत्वले भारतीय व्यवसायहरूलाई विश्वव्यापी मञ्चमा लैजान महत्वपूर्ण भूमिका खेल्यो। व्यवसायभन्दा बाहिर, परोपकार, शिक्षा र स्वास्थ्य सेवाप्रतिको उहॉंको अथाह समर्पणले अनगिन्ती समुदायहरूको उत्थान गरेको छ र समाजमा अनन्त प्रभाव छोडेको छ।’ मुख्यमन्त्रीले दिवंगतको आत्मशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।










