सिलगढी: बिहारको ठाकुरगञ्ज इलाकाबाट एक बालिकालाई अपहरण गरी दुष्कर्म गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। फाँसीदेवा क्षेत्रका एक युवकले केही दिनअघि एक बालिकालाई अपहरण गरेको समाचार छ। त्यसपछि युवकले उनलाई केही दिनसम्म दुष्कर्म गरेको आरोप छ। पछि बालिका आफ्नो घरमा आएर सबै कुरा सुनाए। यसपछि उक्त युवकविरुद्ध ४ तारिख फाँसीदेवा पुलिस चौकीमा लिखित उजुरी दिएको थियो। उजुरीका आधारमा फाँसीदेवा पुलिस चौकीले अनुसन्धान थालेको छ। युवक फरार भएकाले पुलिसले पक्राउ गर्न सकेको थिएन। त्यसपछि फाँसीदेवा पुलिस चौकीका एसआई गौतम साहको नेतृत्वमा युवकको मोबाइल लोकेशन ट्र्याक गरिएको थियो। अन्ततः हिजो युवकलाई पक्राउ गरिएको छ। आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले उनीविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ।








