मुख्यमन्त्रीले दिए आरके वालिङ र तेन्जिङ दोर्जी भोटियालाई बधाई एवं शुभकामना

IMG-20240717-WA0003

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राम कुमार राई (आरके वालिङ) र तेन्जिङ दोर्जी भोटियालाई बधाई एवं शुभकामना दिएका छन्। आरके वालिङलाई डेञ्जोङ एग्रीकल्चरल को-अपरेटिभ सोसाइटी लिमिटेडको चेयरमेन नियुक्त गरिएको छ भने तेन्जिङ दोर्जी भोटियालाई सिक्किम स्टेट को-अपरेटिभ सप्लाई एण्ड मार्केटिङ फेडरेशन लिमिटेडको चेयरमेन नियुक्त गरिएको छ।मुख्यमन्त्रीले नवनियुक्त चेयरमेनहरूलाई बधाई एवं शुभकामना दिॅंदै उनीहरूले उत्कृष्टता जारी राख्दै सकारात्मक परिवर्तन ल्याउनेछन् भनी विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले उनीहरूका व्यावसायिक यात्राको यस नयॉं यात्रामा बहुमूल्य योगदानको अपेक्षा पनि गरेका छन्।

About Author

Advertisement