किन बन्द बगान बन्द गरियो, अब नेताहरूले श्रमिकको पैसा खाएको जाँच हुनुपर्छ: विधायक बजगाईं
सोनादा: खासाङका भाजपा विधायक बीपी बजगाईंले आज बन्द रहेको बन्सल कम्पनी अधीनस्थ रहेको रंगमुक, सिडर्स र मुण्डा चियाबारीको भ्रमण गरेका छन्। विधायक बीपी बजगाईले यस भ्रमणक समय रंगमुक कमानको प्रबन्धकसित भेटघाट गरी भविष्यमा कुनै बैठकमा एकल पार्टीको ट्रेड युनियन मात्र छ तेस्तो सभामा नगईदिने अनुरोध गरेका छन्। उनले चियाबारीको श्रमिकहरूसित पनि भेटघाट गरेका थिए। चियाबारीको भ्रमण गरेपछि विधायक बीपी बजगाईंले सिडर्स चियाबारीमा श्रमिकहरुलाई सम्बोधन पनि गरेका थिए। उनले आफ्नो सम्बोधनमा २० प्रतिशत बोनसमा पनि नेताहरूले कमिशन खान्छ भन्दै दशैंको मुखैमा बाट्ठो भएर बगान किन बन्द गर्नु परेको भनी प्रश्न गर्दै यो कमानमा विदेशको कम्पनीले लगानी गरेको छ भनी बताएका छन् । बजगाईले भने- ‘यो बगानको मालिकले ११० करोड़को ऋण लिएको छ तर तिरेको छैन बरु विदेशको कम्पनीलाई उल्टै पैसा लगानी गर्न लगायो अनि विदेशको कम्पनीले ४०० करोड़ लगानी गरेको छ। त्यो ४०० करोड़बाट लिएको ११० करोड़को ऋण तिर्नु पर्ने हो तर अझ दुईवटै पैसा मिलाएर १४ वटा नयाँ कम्पनी किनेको छ बगानको मालिक सञ्जय बन्सलले। म विदेशको कम्पनीसित सम्पर्क गर्ने प्रयास गर्नेछु।”

खरसाङको विधायक बीपी बजगाईले अघि भने – यो कमानलाई पानीघट्टा र लङ्भ्यु जस्तो बनाउन खोज्दै छ। जहिले पनि बोनसको समय मालिकको हितैषी हुने श्रमिकहरूको पक्षमा हुँदैन, नेताहरूले श्रमिकहरूको पैसा खाएको जाँच हुनुपर्छ। श्रमिक संगठन भएपछि श्रमिकको पक्षमा हुनुपर्छ मालिकको पक्षमा हुनु हुँदैन। बंगाल सरकार पनि कता छ? सरकार मालिकको पक्षमा रहेको छ। यसको कुरा उठान हुनेछ।”

खरसाङका भाजपा विधायक बीपी बजगाईंसितै भाजपा सोनादा मण्डलको सभापति राम प्रधान, भूपति सुब्बा, प्रणय शर्मा, क्रामाकपाबाट उध्दव खनाल, भुपेन छेत्री लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। पछिबाट
फेरि कुराकानी गर्दै विधायक बीपी बजगाईले यो चियाबारीमा विगत तीन समयदेखि श्रमिकहरूले खर्च नपाएको र अहिले आएर दशैंको मुखैमा चियाबारीहरू बन्द भएको बताए। उनले पहाड़को सबै चियाबारीहरू प्राय: जस्तो दशैंको मुखैमा मात्र बन्द हुने गर्छ भनी बताउँदै यो चियाबारीको समस्या समाधानको लागि जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा आफै र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनकाहरू दुईजना प्रबन्धक र जिल्ला शासक पनि बसेको अनि भोलिपल्ट ५ दिनको लागि बगान बन्द भनियो। तर जिल्ला शासकले एउटा पार्टीको प्रतिनिधिहरूसित एकल निर्णय हुने गरी कसरी बैठक बस्यो भनी प्रश्न गर्दै यसमा प्रशस्तै शंका गर्ने ठाउँ रहेको र यस्तो बैठकमा त जनप्रनिधिहरूलाई बोलाउनु पर्ने हो अनि हामी पनि चुनाव आयोगको नियम अनुसार चुनाव जितेर आएको जनप्रनिधिहरू हौं तर हामीलाई बैठकमा बोलाइएन भनी बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङको विधायक बीपी बजगाईंले टि बोर्ड किन बनाइएको हो भनी प्रश्न गर्दै टी बोर्डको काम मालिकको हितको लागि मात्रै होइन तर समन्वयकको लागि पनि हो तर आज चियाबारी श्रमिकहरूलाई साह्रो परिरहेको समयमा हामीले टि बोर्डको कुनै काम किन देखेका छैनौं यतिबेला भनी प्रश्न तेर्साएका छन्। उनले श्रमिकको हितमा किन केही बोल्दैन भन्दै न्यायको विरूध्दमा जान्छन् भने म अदालतमा भेट्ने पनि च्यालेञ्च गरेका छन्।