सिलगढी: महा सप्तमीको अवसरमा बिहीबार नेपाली जातिको महान चाड फूलपातीको अवसरमा भव्य शोभायात्रा निकालियो। भानुभक्त समितिको नेतृत्वमा सिलगढी फूलपाती शोभायात्रा उत्सव समितिको तर्फबटा निकालिएको शोभायात्रामा नेपाली संस्कृतिको रमाइलो झलक देखियो। मेयर गौतम देव लगायत सयौं मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो। यसअघि माता दुर्गाको परम्परागत पूजापछि रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजना गरिए।

फूलपातीलाई डोलीमा बोकेर नगर परिक्रमा गराइयो। भगवतीको आह्वान गर्दै डोलीमा बसाइन्छ। फूलपाती र दशमीको विशेष महत्व छ, षष्ठीका दिन माता दुर्गाको मूर्ति स्थापना गरी पृथ्वीमा आउन निम्तो दिन्छन्। महासप्तमीका दिन माता दुर्गाको स्वागतका लागि भव्य पुष्पयात्रासहित रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ। सहभागी मानिसहरूले परम्परागत लुगा लगाएर डोलीमा फूलहरू बोकेर बाजा बजाएर शोभायात्र निकाल्छन्। शोभा यात्राको मुख्य आकर्षण झ्याली र परम्परागत नृत्य तथा संगीत रहेको छ।








