तीनधारेको शंकर निवासमा विगत १०४ वर्षदेखि लगातार दुर्गा पूजा

IMG-20241010-WA0266

खरसाङ: तीनधारेको शंकर निवासमा रहेको माँ दुर्गा काली मन्दिरमा विगत १०४ वर्षदेखि दुर्गा पूजा आयोजना भईरहेको छ। तीनधारेको शंकर निवासस्थित दिव्य ज्योति संघको आयोजनामा यहाँको माँ दुर्गा काली मन्दिरमा यसपाली १०४औं दुर्गा पूजाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। विगत १०४ वर्षदेखि लगातार रुपमा दुर्गा पूजा आयोजना गरेर पहाड़मा नै गौरवपूर्ण इतिहास बनाएका छन् यस मन्दिरले। यसपाली पनि दिव्य ज्योति संघको आयोजनामा दुर्गा पूजाको अवसरमा आज सांस्कृतिक फूलपाती शोभायात्राको साथमा भव्य रूपमा पालन गरिएको छ।

यस अवसरमा मन्दिर परिसरमा फूलपाती शोभायात्रा निकालेर तीनधारे क्षेत्र परिक्रमा गरेर तीनधारेको बीस माइलस्थित मन्दिरको पूजा स्थलसम्म लगिएको छ। यस फूलपाती शोभायात्रामा स्थानीयहरूले उत्साहपूर्ण रूपमा सहभागिता जनाएका थिए।

विभिन्न सांस्कृतिक झाँकी र डोलीको साथमा शोभायात्रा निकालिएको थियो। यसको साथै यस माँ दुर्गा काली मन्दिरमा दुर्गा पूजा आयोजना भईरहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement