कोलकाता: पहिलो पटक सबैभन्दा ठूलो एयरबस विमान ‘बेलुगा एक्सएल’ लाई कोलकाता एयरपोर्टमा पानीको फोहोरासहित भव्य स्वागत गरियो। ‘बेलुगा एक्सएल’ ‘बेलुगा एसटी’ को अपग्रेड गरिएको र ठूलो संस्करण हो अनि र ‘एयरबस’को वेबसाइटका अनुसार बेलुगा एक्सएल विमानको लम्बाइ २०७ फिट, उचाइ ६२ फिट छ। यसको पखेटा १९७ फिट लामो र १० इन्च चौडा छ, बेलुगा एक्सएलले २०१८ मा आफ्नो पहिलो उडान गर्यो र नोभेम्बर २०१९ मा युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) को वायु योग्यता प्राधिकरणबाट ‘टाइप’ प्रमाणपत्र प्राप्त गरेको थियो।
यसपछि, जनवरी २०२० मा पहिलो पटक बेलुगा एक्सएलको सेवा शुरु भयो। एयरपोर्ट अथोरिटी अफ इण्डियाका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि पनि ‘एसटी’ सिरिजका विमान कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिएl तर मंगलबार राति पहिलोपटक ‘एक्सएल’ सिरिजका विमान अवतरण गरेका थिए। कोलकाता एयरपोर्टमा अवतरण गरिएको थियो। कोलकाता एयरपोर्टको सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोष्टमा भनिएको छ, पहिलो पटक कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलले एयरबस ‘बेलुगा एक्सएल’लाई स्वागत गर्यो जसले विमानको आवश्यक स्पेयर पार्ट्स बोकेको छ। यो यसको श्रृंखलाको सबैभन्दा ठूलो विमान हो। विमान चालक दलका लागि आराम र इन्धन भर्नको लागि कोलकातामा रोकिएको छ किनभने यो विमानको लागि संचालन सुविधाहरूले सुसज्जित पूर्वी भारतको एकमात्र विमानस्थल हो। विमानमा तीन पाइलट र एक इन्जिनियर रहेका छन्। प्रवक्ताले भने कि उक्त विमानले टुलुज एयरबस फ्याक्ट्रीबाट उडान शुरु गरेको र विमानमा प्रयोग भएका केही उपकरण र स्पेयर पार्ट्स चीनको तियानजिनमा रहेको अर्को सुविधामा लैजाँदैछ।










