बिजनबारी: सभासद सतिश पोखरेलको पहलमा बिजनबारी अन्तर्गत रेलिङ मानेभञ्ज्याङ जाने मुख्य बाटो सुचारू भएको जानकारी प्राप्त भएको छ। उक्त रोड खोलिएपछि क्षेत्रवासीले सभासद सतिश पोखरेललाई धन्यवाद दिएका छन्। विगतमा आएको अविरल वर्षाको कारणले पैह्रो चलेर रेलिङदेखि मानेभञ्ज्याङ जाने मुख्य बाटो लगभग १५ दिनदेखि बन्द रहेको थियो भने उक्त बाटो भुजेलटार गाउँको पुच्छर (मुनि) जङ्गलबाट ठूल्ठाला ढुङ्गाहरू आएर बाटो पूर्ण रूपमा बन्द भएको थियोे। आज रेलिङ कैँजले समष्टिको भारप्राप्त सभासद सतिश पोखरेलले आफ्नो निजी कोषबाट जेसीभी मशीन उपलब्ध गराएपछि बाटो सुचारु गरिएको छ। यस दिन सभासद सतिश पोखरेल, भागोप्रमो रेलिङ कैँजले समष्टि उपाध्यक्ष सन्तोष गुरूङ, पञ्चायत समिति सदस्या अनुपा राई, रेलिङ ग्राम पञ्चायत उप प्रधान एनडी राई आदि उपस्थित थिए। रेलिङ मानेभञ्ज्याङ जाने मुख्य बाटोले मझुवा ग्राम अनि छिमेकी देश नेपाल पशुपतिलाई जोड्ने गरेको छ। यसरी दशेैँको छेकमा बाटो खोलाई दिएकोमा क्षेत्रवासीले सभासद सतिश पोखरेलप्रति आभार प्रकट गरेका छन्।








