नयाँ दिल्ली: स्पेनका दिग्गज टेनिस खेलाड़ी रफायल नडालले बिहीवार टेनिसबाट सन्न्यासको घोषणा गरे। नडालको नाममा पुरुष एकल वर्गमा २२ वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ। उनीभन्दा धेर ग्राण्ड स्ल्याम खिताब एकमात्र सर्बियाका नोवाक जोकोविचले जितेका छन्। नडाललाई खेलका दिग्गज खेलाड़ीहरूमा एक मानिन्छ अनि उनलाई रातो माटोको बादशाह पनि भनिन्छ। नडालको नाममा फ्रेञ्च ओपन (सालको दोस्रो ग्राण्ड स्ल्याम)-मा सर्वाधिक १४ वटा खिताब जित्ने रेकर्ड रहेको छ। अब डेविस कप फाइनलमा नडाललाई अन्तिमपल्ट पेशादार टेनिस खेलिरहेको देखिनेछ। नडालले सोशल मीडियामा एउटा भावुक पोस्ट गरी सन्न्यास लिने घोषणा गरे। नडालले आफ्नो करियरमा ९२ वटा एटीपी एकल खिताब जिते, जसमा ३६ वटा मास्टर्स खिताब र ओलम्पिक स्वर्ण पदक पनि सामेल छ। नडालको नाममा अझ एउटा खास उपलब्धि पनि रहेको छ। उनी पुरुष टेनिस इतिहासमा ती तीनजना खेलाड़ीहरूमा सामेल छन् जसले करियरमा गोल्डन स्ल्याम (चारवटा ग्राण्ड स्ल्याम अनि ओलम्पिक स्वर्ण पदक) पूरा गरेका छन्।
गत महिना नडालले लावेर कपबाट हट्ने फसेला गरेका थिए, जुन पेशादार खेलाड़ीको रूपमा उनको अन्तिम टुर्नामेण्ट मानिएको थियो। पेरिस ओलम्पिकपछि नडाल स्वयंले पनि लावेर कपमा हिस्सा लिने पुष्टि गरेका थिए। उनले २०२४ टूरमा उनको अन्तिम साल हुने अगावै संकेत दिएका थिए। नडालको यस सीजनमा जीत-हारको रेकर्ड १२-७-को रहेको छ। ३८ वर्षीय नडालले १९-देखि २१ नोभेम्बरबीच मलागामा नीदरल्याण्ड्सविरुद्ध डेविस कप म्याच खेल्नेछन्। टेनिस कोर्टमा त्यो उनको अन्तिम म्याच हुनेछ। पुरुष टेनिसको इतिहासमा रोजर फेडरर, नडाल र जोकोविचलाई फ्याब थ्री-को नामले चिनिन्छ, जसमा अब केवल जोकोविच पेशादार टेनिसमा सक्रिय रहनेछन्। फेडररले अगावै खेलबाट सन्न्यास लिइसकेका छन्। नडालले सन्न्यासको घोषणा गर्दै लेखेका छन्, म तपाईंहरू सबैलाई बताउन चाहन्छु कि म पेशादार टेनिसबाट सन्न्यास लिइरहेको छु। वास्तविकता यो रह्यो कि गत केही साल कठिन रह्यो, विशेषगरी गत दुई साल। आफ्नो सीमाहरू बिना खेल्न सक्षम हुनेछु जस्तो मलाई लाग्दैन। नडालले २००५-मा आफ्नो पहिलो प्रयासमै फ्रेञ्च ओपनको खिताब जितेर ख्याति अर्जन गरेका थिए। उनले रातो माटोमा खेलिने यस ग्राण्ड स्ल्याममा जम्मा १४ वटा खिताब जिते। यसबाहेक उनले चारपल्ट अमेरिका ओपनको खिताब जिते। अष्ट्रेलियन ओपन र विम्बल्डनमा उनी २-२ पल्ट च्याम्पियन भए। गत केही सालदेखि नडाल चोटसँग जुझिरहेका थिए, जुन उनले सन्न्यास लिने प्रमुख कारण रह्यो।









