मोरङ (बिराट चौक): मोरङको पथरीशनिश्चरे नगरपालिका-१ जाँतेमोडमा स्कुटर र मोटरसाइकर ठोकिँदा दुर्घटनामा प्रहरी र बालक घाइते भएका छन्।
आज दिउँसो सवा १२ बजेति जाँतेमोडमा प्र।१-०४-००१ प ४३१७ नम्बरको स्कुटर र प्र १-०२-४१ प ४३५१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ रावावेसी गाँउपालिका-२ घर भइ हाल सुनसरी सोनापुरमा सीआरभीमा कार्यरत प्रहरी सहायक हवल्दार शान्तिराम निरौला र उनका छोरा वर्ष ७ का सुशासन निरौला घाइते भएका छन्। शान्तिरामलाई दाइने हात र च्युडोमा चोट लागेको छ भने सुशासनको दाइने हात र निधारमा चोट लागेको छ। बुवाछोराको अवस्था मध्यम रहेको र उनीहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर चालक लेटाङ नगरपालिका-९ का २४ वर्षीय दिनेश लिम्बुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।










