दार्जिलिङमा हर्षोल्लासको साथमा फूलपाती सांस्कृतिक शोभायात्रा निकालियो

IMG-20241010-WA0254

दार्जीलिङ: फूलपातीको अवसरमा दार्जिलिङमा विभिन्न सांस्कृतिक साथै परम्परागत झाँकीहरु प्रदर्शनीको साथमा दार्जीलिङमा फूलपाती शोभायात्रा निकालिएको छ। फूलपाती समारोह आयोजक समिति अनि जीटीए सूचना एवं सांस्कृतिक विभागको संयुक्त तत्वावधानमा भएको उक्त कार्यक्रममा जनसाधारणसँगै दार्जिलिङकी जिल्लाशासक डा. प्रिती गोयलले पनि अंश ग्रहण गरेकी थिइन्।‌ दार्जिलिङको मोटर स्ट्याण्ड परिसरबाट शुरु भएको फूलपाती उक्त शोभायात्राले शहर परिक्रमा गर्दै चौरस्तामा चलिरहेको दुर्गा पूजा परिसर पुगेर समापन भएको छ।‌ यस अवसरमा सहभागिता जनाउने सबै जातगोष्ठी संगठनहरू अनि मठ मन्दिरका सदस्यहरुले सांस्कृतिक गीत नृत्यहरु प्रस्तुत गरेका थिए। यता दार्जीलिङ पहाडी क्षेत्रमा पालन गरिने फूलपाती समारोहको जिल्लाशासक डा प्रिती गोयलले मुगधकण्ठले प्रशंसा गरिन्। चिया बोनसको समस्या हुँदा हुँदै पनि विलुप्तको संघारमा पुगेको संस्कृति बचाएर युवा पुस्तासम्म पुर्याउने पहल गर्न आयोजक समिति अग्रसर भएको आयोजक समितिको सभापति तेञ्जिङ खाम्बाचेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement