तीनजना अपराधी नक्कली भारतीय मुद्रासित पक्राउ

sentinelassam-english_2024-10-10_wdyrat2t_WhatsApp-Image-2024-10-10-at-11.59.44-AM

गुवाहाटी: स्पेशल टास्क फोर्स (एसटीएफ)- को टीमले राजधानीको दिसपुर थानान अन्तर्गत बोरमोटोरिया विष्णु पथ बाईलेन नम्बरस्थित रिब्रज-एभेन्यु अपार्टमेन्टमा छापामारी गरी नक्कली भारतीय मुद्रा सहित तीनजना अपराधीहरूलाई पक्राउ गरेको छ।पुलिस मुख्यालयद्वारा आज जारी एक बयानमा बताइएको छ, गुप्त सूचनाको आधारमा एसटीएफको टीमले छापा मारेर घटनास्थलबाट तीनजना मानिसहरूलाई पक्राउ गऱ्यो ।तिनीहरूबाट नक्कली नोट सहित अन्य सामग्रीहरू जफ्त गऱ्यो।जफ्त गरिएका सामानहरूमा एउटा इनोभा क्रिस्टा कार (एएस-01एफआर-2909), १४ हजार रुपियाँ अंकित मूल्यको २८ नक्कली भारतीय नोटहरूसितै सेतो कागजको एक बण्डल जुन टेपले टाँसिएको थियो, ६ वटा मोबाइल फोन, नक्कली नोटबरू बाँध्नको लागि प्रयोग गरिने ६ वटा टेप, एउटा पेपर कटर, एउटा तराजु, एउटा प्लास्टिक ऱ्यापिंग पेपर सामेल छन्। पक्रा पर्ने आरोपीहरूको पहिचान नूर आलम (३२, बिपुरिया, लखिमपुर), साहिदुल आलम (२५ , मंगलदोई, दरंग) औ मुन्ना अहमद (२६ , मंगलदोई, दरंग)- को रूपमा गरिएको छ। यी सबै वर्तमानमा वर्तमानमा सी/ओ सरबानी बरूवा, बिष्णु पथ, बाइलेन नम्बर २, बोरमोटोरिया, दिसपुरमा बस्दै आइरहेका थिए। एसटीएफले तीनै आरोपी एवं जफ्त गरिएको सामग्रीहरूलाई अग्रिम कानूनी कारबाहीको लागि दिसपुर थानालाई सुम्पिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement