सुनसरी (इनरुवा): कोशी गाउँपालिका १ भन्सार लाईन सीमा ईलाकाबाट बिओपी लौकहीकाे टाेलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा सुनसरी बराहक्षेत्र ५ का सागर चौधरीलाई लागुओैषध (ट्रामनिल) १५ पत्ता सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीकाे प्रकृया अघि बढाएकाे सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ।










