आईडीबीआई बैंकको शेयर बेच्न सरकारको तयारी !

IMG_20220824_205737.png

नयाँ दिल्ली: सरकार र एलआईसीले आईडीबीआई बैंकमा आफ्नो शेयर बेच्ने विचार गरिरहेका छन्। कति सेयर बेच्ने भन्ने विषयमा दुवैका पदाधिकारीबीच छलफल भइरहेको छ। मनी कन्ट्रोलले स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। आईडीबीआईमा सरकार र एलआईसीको कुल ९४ प्रतिशत हिस्सेदारी रहेको छ।

रिपोर्टका अनुसार सरकारले आईडीबीआई बैंकको कूल ५१ प्रतिशत सेयर बेच्ने विचार गरिरहेको छ। यद्यपी यसबारेमा अहिलेसम्म आधिकारिक धारणा आएको छैन। यो सेयर बिक्रीको अन्तिम निर्णय मन्त्री परिषदले गर्नेछ। सेप्टेम्बरको अन्त्यसम्ममा सरकारले खरिदकर्ताबारे निर्णय गर्न सक्ने विश्वास गरिएको छ। आईडीबीआई बैंकमा सरकारको ४५.४८ प्रतिशत र एलआईसीको ४९.२४ प्रतिशत हिस्सा छ। रिपोर्टका अनुसार आईडीबीआईको केही सेयर सरकारले बेच्ने छ भने एलआईसीको केही हिस्सेदारी। यससँगै व्यवस्थापनको जिम्मेवारी पनि खरिदकर्तालाई दिइनेछ। आरबीआईले ४० प्रतिशतभन्दा बढी शेयर खरिद गर्न स्वीकृति दिन सक्छ। आरबीआई गभर्नर शक्तिकान्त दासले हालसालै सार्वजनिक क्षेत्रका बैंकहरूको निजीकरणमा आरबीआईको अडान तटस्थ रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement