नयाँ दिल्ली: भारतका सबैभन्दा धनी उद्योगपतिहरूको सूचीमा रिलायन्स इण्डस्ट्रीजका सीएमडी मुकेश अम्बानी लगातार पहिलो स्थानमा कायम छन्। फोर्ब्सद्वारा जारी देशका सयजना सबैभन्दा धनी उद्योगपतिहरूको सूचीमा दोस्रो स्थानमा अडाणी ग्रुपका प्रमुख गौतम अडाणीको नाम उल्लेख छ।फोर्ब्सको यस सूचीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो हो कि देशका सयजना सबैभन्दा धनाढ़्यहरूको सम्पत्ति पहिलो पटक सबै मिलाएर एक ट्रिलियन डलरभन्दा अधिक भएको छ।फोर्ब्सको सूची अनुसार मुकेश अम्बानी कमाईको मामिलामा विश्वकै सबैभन्दा ठूलो लाभार्थी भएका छन् जसको सम्पत्ति पछिल्लो एक वर्षमा २७.५ बिलियन डलर बढ़ेर ११९.५ बिलियन डलरको सर्वोच्च स्तरमा पुग्को छ। तथापि शेयर बजारमा आएको उतार-चढ़ाउको कारणले उनको वर्तमान नेटवर्थ १०८.५ बिलियन डलरको छ। फोर्ब्सको दाबी छ, यस नेटवर्थसितै मुकेश अम्बानी हाल विश्वका १३औं सबैभन्दा धनी व्यक्ति भएका छन्। तथापि अर्को एजेन्सी ब्लुमबर्गको बिलियनरीज इण्डेक्सले मुकेश अम्बानीलाई दुनियाँका सबैभन्दा धनी मानिसहरूको सूचीमा १४ औं स्थानमा राखेको छ।
फोर्ब्स मुताविक भारतका धनी उद्योगपतिहरूको सूचीमा ११६ बिलियन डलरको सम्पत्तिसितै गौतम अडानी परिवार (संयुक्त सम्पत्ति) दोस्रो स्थानमा, ७३.७ बिलियन डलरको सम्पत्तिसितै सावित्री जिन्दल परिवार तेस्रो स्थानमा, ४०.२बिलियन डलरको सम्पत्तिसितै शिव नाडार चौथो स्थानमा अनि ३२.४ बिलियन डलरको सम्पत्तिसितै दिलीप सांघवी परिवार पाँचौं स्थानमा छन्। यस अतिरिक्त राधाकृष्ण दामानी परिवार, सुनिल मित्तल परिवार, कुमार मंगलम बिड़ला, साइरस पूनावाला औ बजाज परिवार सबैभन्दा धनी उद्योगपतिहरूको सूचीमा टप-टेनमा सामेल छन्।









