संखुवासभा( ख़ादबारी): अस्थायी प्रहरी पोष्ट नडाहा, सुनसरीमा कार्यरत प्रहरी जवान चित्रसागर राईको बेलबारी मोरङमा सवारी दुर्घटनामा परी कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा असामयिक निधन भएको र निजको पार्थिव शरीर आज मिति निजको गृह जिल्ला संखुवासभा जिल्ला खाँदबारी नगरपालिका-५ माल्टामा परिवारजनद्वारा आफ्नो रिति रिवाज बमोजिम अन्त्यष्टि गरिएको छ।
उक्त अन्त्यष्टिमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) अभिशेक कुमार श्रेष्ठ, जुनियर प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। अन्त्यष्टि कार्यक्रममा दिवंगत प्रहरी जवान चित्र सागर राईको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउनुका साथै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलिले अन्तिम शोक सलामी समेत अर्पण गरेको थियो।










