बिराटनगर: सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको छ। फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ। आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सशस्त्र प्रहरी उपरीक्षक(एसपी) समेनन्द बज्राचार्यले जानकारी दिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।










