नयाँ दिल्ली: देशमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई पनि आयुष्मान भारत योजनाअन्तर्गत निःशुल्क सुविधा प्रदान गरिनेछ। बुधबार यस सम्बन्धमा सामाजिक न्याय र अधिकारिता मन्त्रालय र केन्द्रिय स्वास्थ्य मन्त्रालयबीच समझौतामा हस्ताक्षर गरियो। यस अवसरमा स्वास्थ्य मन्त्री डा. मनसुख मण्डाविया र सामाजिक न्याय र अधिकारिता मन्त्री डा. वीरेन्द्र कुमार पनि उपस्थित रहे। नयाँ दिल्लीमा आयोजित कार्यक्रममा डा. मनसुख मण्डावियाले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको सबैको साथ, सबैको प्रयासको साथ वंचित वर्गको निम्ति यो समझौता आवश्यक कदम हो। आयुष्मान भारत योजनाअन्तर्गत स्वास्थ्य योजनाहरूको लाभ ट्रान्सजेन्डर जनसंख्यालाई पनि प्राप्त हुनेछ। प्रधानमन्त्री जन आरोग्य योजनाअन्तर्गत वंचित वर्गलाई ५ लाखसम्मको निःशुल्क उपचार उपलब्ध हुनेछl’