सुनसरीमा दसैंमा घर छोड्नुपरे प्रहरीले सुरक्षा दिने

IMG-20241010-WA0040

सुनसरी (इटहरी): दसैंमा घर छाडेर माइत, मामल र आफन्तको जाँदा प्रहरीलाई खबर गरेर गए प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ। दसैंमा घर छाडेर अन्यत्र जाँदा चोरी डकैती हुने भएकाले प्रहरीलाई खबर गरेर गए जिल्लाबासीको धन सम्पत्तिको सुरक्षा प्रहरीले गरिदिने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए।
१२ वटा पालिका रहेको सुनसरीमा धरान, तरहरा, इटहरी, इनरुवा, झुम्का, दुहबी, चक्रघट्टी, लौकही, भ्यान्टाबारी, हरिनगरा, चादबेला, चतरा, प्रकासपुरलगायतका मुख्य बजारहरूमा प्रहरीको विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

About Author

Advertisement