समाजप्रति योगदान पुर्याउने व्यक्तिहरुलाई अभिनन्दन टक्राइयो

IMG_20220824_192342.jpg

सोरेङ: तिनिक-चिसोपानी ग्राम पञ्चायत एकाईले यसै ग्राम पञ्चायत एकाई भित्रका विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तिहरूलाई आज अभिनन्दन जनाएको छ। यस कार्यक्रममा कृषि कल्याण बोर्डका अध्यक्ष फुर्देन लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिए।यस कार्यक्रममा पूर्व र वर्तमान जिल्ला पञ्चायत अनि ग्राम पञ्चायत सदस्य सदस्यगण, नागरिक समाजका प्रतिनिधिगण, आमबोटे निम्न माध्यमिक विद्यालयका शिक्षक अनि विद्यार्थीहरू र स्थानीय गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो।३६-तिनिक चिसोपानी ग्राम पञ्चायत एकाईको विशेष पहलमा २००२ देखि २०१७ सालसम्म गाउँको सेवा साथै गाउँको विकासमा योगदान पुऱ्याउने मोठ १८ जना भूतपूर्व जिल्ला र ग्राम पञ्चायतका सदस्यहरुलाई मुख्य अतिथि फुर्देन लेप्चाको बाहुलीबाट अभिनन्दन जनाइयो।ग्राम प्रशासन केन्द्रको निम्ति जमिन प्रदान गर्ने जमिनदाता लाल बाहदुर राईलाई पनि यस कार्यक्रममा विशेष अभिनन्दन जनाइयो। अभिनन्दन जनाउने क्रममा ग्राम पञ्चायत अन्तर्गतका कुल चारवटा गैरसरकारी संस्था सुशेली समाज लालसोर, चिसोपानी फुटबल क्लब, दीएफसी अनि कञ्चनजङ्घा संघलाई पनि अभिनन्दन जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement