उदयपुर (गाईघाट ): काठमांडूबाट पुर्वतर्फ आउँदै गरेको बस उदयपुरको बेलका नगरपालिका ३ शान्ति चोकमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाकाअनुसार मदन भण्डारी लोकमार्ग सडक खण्डमा बागमती प्रदेश ०३-००१ ख २८२७ नं. को यात्रुवाहक बस अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेको थियो। घाइतेहरूमध्ये केहीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।










