नयाँ दिल्ली: टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको अक्टोबर ९ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ। उमेर सम्बन्धी समस्याका कारण सोमबार उनलाई अस्पतालमा भर्ना गरिएको थियोl जहाँ उनको अवस्था नाजुक बन्दै गएको थियो। स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयुमा सारिएको थियो, जहाँ उनले अन्तिम सास फेरे। अचानक रक्तचाप घटेपछि उनलाई भर्ना गरिएको बताइएको छ। अक्टोबर ७ मा, रतन टाटाले सोशल मिडियामा एक पोस्ट मार्फत आफ्नो स्वास्थ्यको बारेमा फैलिएको अफवाहको खण्डन गरेका थिए।










