गुवाहाटी: शारदीय दुर्गा पूजाको पावन अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असमका मानिसहरूलाई हार्दिक बधाई अनि शुभकामना दिएका छन्। आफ्नो सन्देशमा डा. सरमाले सनातन सभ्यता अनि संस्कृतिको गहिरो जड़लाई दर्शाए जहाँ देवताहरूको पूजा सदैव एक मार्गदर्शक प्रकाश रहिआएको छ।उनले भने, यो पवित्र परम्पराले भारतीय आध्यात्मिक दर्शनको सारलाई दर्शाउँछ जसले ईश्वरीय सम्बन्धको भावनालाई पोषित गर्दछ।
मुख्यमन्त्रीले भने, वैदिक युगबाटै मनाउँदै आएको पर्व दुर्गा पूजाले मानवतावाद र नैतिक मूल्यहरूको सिद्धान्तको आधारमा मानिसहरूलाई अघि बढ़्नको लागि प्रेरित गर्दछ। उनले भने, शारदीय दुर्गा पूजा एक धार्मिक पर्व मात्र नभएर प्रेम, भाइचारा एवं ऐक्यबद्धताको उत्सव पनि हो जसले मानिसहरूलाई सद्भावको भावनासित जोड़द्छ।
डा. सरमाले भने, प्राचीन कामरूप राज्यमा वर्षौंदेखि प्रचलित दुर्गा पूजाको समृद्ध परम्पराले राज्यको सांस्कृतिक विरासतलाई दर्शाउँछ। उनले यसमाथि बल दिए, यस पर्वको सार असत्यमाथि विजय प्राप्त गरेर सत्यको रक्षा गर्नु, शान्ति र सद्भावको सन्देश लिएर आउँछ। मुख्यमन्त्रीले आशा व्यक्त गरे, शारदीय दुर्गा पूजाले असममा एकता अनि आपसी सहयोगको भावनालाई सशक्त बनाउनको लागि सबैलाई सामूहिक रूपमा काम गर्न प्रेरित गर्दछ।










