गान्तोक: पाकिम पुलिसले दुई व्यक्तिलाई संदिग्ध ब्राउन शुगर र गॉंजाको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको पहिचान मन्दिप मंगर र दावा तामाङ बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, पुलिसले आरोपीहरूको घरको तलासी लिॅंदा उक्त पदार्थ फेला पारेको हो।
एउटा प्लास्टिकको पाउचमा खैरो रङको पदार्थ भेटिएको छ, जसको वजन ८.६९ ग्राम रहेको छ। उक्त पदार्थ ब्राउन शुगर हुन सक्ने आशंका छ। यसरी नै ४४.०६ ग्राम गॉंजा जफत गरिएको छ।
पुलिसले आरोपीहरू विरूद्ध एनडीपीएस १९८५ र बीएनएस २०२३ को धारा ३(५) अन्तर्गत मामिला दर्ता गरेको छ।









