उत्तर सिक्किमको सड़क मर्मतसम्भारलाई लिएर पहल भइरहेको मन्त्रालयको आश्वासन

IMG-20240717-WA0003

गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले उत्तर सिक्किमको सड़क मर्मतसम्भारलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षण गराएपछि यसबारे केन्द्रले त्वरित कदम अघि बढ़ाएको छ।भारत सरकारको रक्षा मन्त्रीद्वारा सांसद सुब्बालाई आज पठाइएको पत्रमा उत्तर सिक्किमको सड़क मर्मतसम्भारलाई लिएर मन्त्रालयले पहल शुरू गरिसकेको कुरा उल्लेख छ। उक्त जानकारी एसकेएम पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।उत्तर सिक्किमको सड़क मर्मतसम्भारलाई लिएर सांसद इन्द्रहाङ सुब्बाले भारत सरकारको ध्यानाकर्षण गराएपछि मन्त्रालयले यस दिशामा पहल शुरू गर्दै सड़क पुनर्स्थापनाका लागि कार्ययोजना बनाएको शुभ खबरसहित सासंद सुब्बालाई पत्र आएको बताइएको छ। पत्रमा सड़क पुनर्स्थापनाका लागि छानबिन भइसकेको र सिक्किमको सड़क पूर्वाधारको पुनर्स्थापनाका लागि ठोस् प्रयासको आवश्यकतालाई ध्यानमा राख्दै सम्बन्धित मन्त्रालयका सचिवहरूसँग ५ अगस्त, २०२४ मा क्याबिनेट सचिवले बैठक आयोजना गरेको बताइएको छ। उक्त बैठकमा भएको छलफलका आधारमा सिक्किममा छिट्टै सड़क पुनर्स्थापनाका लागि कार्ययोजना बनाइने कुरा पत्रमा उल्लेख छ। यसबाहेक बीआरओ-ले धेरै खण्डहरूमा जड़ान पुनर्स्थापित गरेको तर भारी वर्षाका कारण अन्य खण्डहरूमा पुनर्निर्माणमा समय लागेको पनि पत्रमा बताइएको छ।
पत्रमा अझ भनिएको छ, राष्ट्रिय राजमार्ग ३१०ए र ३१०एजी का सम्बन्धमा, सडक यातायात तथा राजमार्ग मन्त्रालयले ८ जुलाई, २०२४ मा रक्षा मन्त्रालयलाई जिम्मा दिएको र द्रुत गतिमा कार्य प्रारम्भ गर्ने प्रयास भइरहेको छ। सिक्किम सरकारको सहयोग, समयमै स्वीकृति र काम सुरु गर्नका लागि जग्गा अधिग्रहण अनि वन निकासीलाई तीव्रता दिन आवश्यक हुने र यसैबीच बीआरओ-ले सडकको पुनर्स्थापना र आवश्यकता परेको बेला जडान सुनिश्चित गर्नका लागि सक्दो प्रयास गरिरहेको पनि पत्रमा उल्लेख गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement