नवनियुक्त सल्लाहकारहरूको समन्वय बैठक सम्पन्न

IMG-20240717-WA0003

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज गान्तोकस्थित पार्टी मुख्यालयमा नवनियुक्त सल्लाहकारहरूको एक समन्वय बैठक आयोजन गरियो।
एसकेएम कार्यकारी अध्यक्ष केएन लेप्चाको अध्यक्षतामा बसेको उक्त बैठकमा नवनियुक्त सल्लाहकारहरू कलावती सुब्बा, केएन उप्रेती, नकुलदास राई, कुङ्गा जाङ्गपो भोटिया, ओटी भोटिया, सोनाम दोर्जी भोटिया, लगायत पार्टी मुख्यालयका पदाधिकारीहरू उपस्थित थिए।
बैठकमा नवनियुक्त सल्लाहकारहरूले राज्यको समग्र विकासको निम्ति आफुहरूलाई पनि सामेल बन्ने अवसर प्रदान गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे। सबैले सिक्किम र सिक्किमे जनताको पक्षमा समर्पित सेवा गर्ने प्रतिबद्धता प्रकट गरे। नवनियुक्त सल्लाहकारहरूले सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किम बनाउने मुख्यमन्त्रीको प्रतिबद्धतालाई साकार रूप प्रदान गर्न काम गर्न सामूहिक रूपमा निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement