जिल्लापालले दिइन् समन्वय राखेर काम गर्ने निर्देश

n634391522172849774950523a6ff125759e2db40d4722f7a5780f6ce736a8951e1c2e2bc1870232f791b07

गान्तोक: संयुक्त कार्य समितिका लागि जिल्ला सहकारी विकास समितिले जिल्लाका प्रत्येक ग्राम पञ्चायतमा रहेका प्राथमिक कृषि क्रेडिट, दुग्ध तथा मत्स्यपालन सहकारी संस्थाहरुको रेखदेख र सुदृढीकरण गर्ने भएको छ भने यस सम्बन्धमा आज जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक आयोजन गरियो।बैठकको अध्यक्षता जिल्लापाल यिस्से डी. योङ्गदाले गरेकी थिइन्।बैठकमा एडीसी रजनी​ शर्मा, पशुपालन विभागका अतिरिक्त निदेशक डा. एनएम सिन्चुरी, सहकारी विभागकी संयुक्त निदेशक लाडेन जेन्सापा, मत्स्यपालन विभागकी उपनिदेशक दुछेन लेप्चा लगायत नाबार्ड, सिस्को र सहकारी विभागका अधिकारीहरू उपस्थित थिए। भारत सरकारको सहकारिता मन्त्रालयद्वारा निर्धारित निर्देशन अनुसार ग्रामीण अर्थतन्त्रलाई दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने सहकारी संस्थाहरूको प्रभावकारी परिणामका लागि सहकारी संस्थाहरूको लागि ‘मार्गदर्शिका’ वा मानक सञ्चालन कार्यविधि लागू भइरहेको छ।यी विषयहरूलाई ध्यानमा राख्दै संयुक्त कार्य समितिले विभिन्न विषयहरूमाथि छलफल गऱ्यो। जिल्लापालले निर्धारित समयमा सफलतापूर्वक लक्ष्य प्राप्तिका लागि कार्यान्वयन विभागहरूलाई समन्वय बनाएर काम गर्ने निर्देश दिइन्। उनले सहकारी संस्था भएका सुदूर ठाउॅंहरूमा कार्यशाला र सचेतना कार्यक्रमहरूको आयोजना गर्ने बल दिइन्। उनले पीएसीको वर्तमान स्थितिबारे जानकारी लिॅंदै मत्स्य विभागलाई दुईवटा संस्थाका कृ​षकहरूलाई प्रोत्साहित गर्न स्मार्ट मार्केटिङ रणनीतिहरू तयार गर्न आह्वान गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement