गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रतिष्ठित गोस्पेल सिङ्गर एलबी बराइलीसॅंग आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा भेट गरे। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ पनि उपस्थित थिए।लेगसेप निवासी गोस्पेल सिङ्गर बराइलीलाई उनको साङ्गीतिक यात्राले अमेरिका र यूरोपका विभिन्न शहरहरूसम्म पुऱ्यायो, जहॉं उनले सिक्किमलाई प्रतिनिधित्व गर्दै निमन्त्रणमा गोस्पेल अनि पूजा गीतहरू प्रस्तुत गरे। यस क्रममा उनलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न जापानबाट निम्तो आएको छ।मुख्यमन्त्री तामाङले उनका नयॉं प्रयासहरूको निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्। गोस्पेल सिङ्गर बराइलीले आफ्नो सङ्गीतको माध्यमद्वारा विश्वका मानिसहरूलाई प्रेरित गरिरहेका छन् भन्दै मुख्यमन्त्रीले उहॉंलाई समर्थन गर्न आफु सदैव तत्पर रहेको बताएका छन्।









