सीबीआई अदालतद्वारा अणुव्रत मण्डलको जमानत खारेज

Anubrata-Mandal-5

कोलकाता:  बीरभूम जिल्लाका बाहुबली तृणमूल नेता अणुव्रत मण्डललाई आसनसोलको विशेष सीबीआई अदालतले जमानत दिन खारेज गरेको छ। उनलाई १४ दिनको निम्ति न्यायिक हिरासतमा पठाइएको छ। उनी आगामी ७ सेप्टेम्बरसम्म जेलमा रहनेछन् जहाँ सीबीआई अधिकारीहरूले आवश्यकता परेमा उनीसित सोधपुछ गर्नसक्छन्। अणुव्रतका अधिवक्ता संदीपनले न्यायाधीश राजेश चक्रवर्तीको अदालतमा सुनवाई भएको समय भने, ‘मण्डललाई स्लीपो ओपिनियाको रोग छ। य़समा सास लिनमा समस्या हुन्छ र रोगीको ज्यान पनि जानसक्छl’ उनले न्यायालयमा राखिएको नेबुलाइजर र सानो अक्सीजन सिलेन्डर पनि देखाए औं भने, ‘मण्डललाई हरेक समय यसको खाँचो पर्छ। आवश्यकता परेमा अणुव्रतले निजाम पेलेस स्थित सीबीआई अफिस नजिक घर लिएर बस्नेछन्। बीरभूमको १०० मीटर परिधिमा पनि प्रवेश गर्नेछैनन्। सीबीआईले पशु तस्करी मामिलामा उनको संलिप्तताको जुन उल्लेख गरिरहेछ, त्यसको कुनै प्रमाण छैनl’

अणुव्रतका उकीलले आरोप लगाए, सीमा नाघेर पशु लैजानमा बीएसएफको मिलीभगत रहन्छ। उनले दाबी गरे, मण्डलको कुनैपनि आपराधिक गतिविधिहरूसित कुनै सरोकार छैन। त्यसपछि कोर्टले भन्यो, ‘उनको खातामा जुन १६ करोड़ ९३ लाख रूपियाँ भेटिएको छ, त्यो कसको हो? के एलआईसीबाट आएको हो?’ यसको जवाफमा संदीपन भने, ‘अणुव्रतलाई जमानत दिनुहोस् ताकि म उनीसित कुरा गरी तपाईलाई बताउन सकु कि रूपियाँ कसको हो। हिरासतमा रहेको कारण म उनीसित कुरापनि गर्न सकिरहेको छुइनँl’

अर्कोतिर सीबीआईका अधिवक्ताले भने, ‘अणुव्रत मण्डल निक्कै प्रभावशाली व्यक्ति हुन्। उनलाई छोड्नुको अर्थ हो जाँचलाई प्रभावित गर्नु। अहिले सीबीआई मामिलामा महत्वपूर्ण मोड़मा छ र अणुव्रतसित सोधपुछ गरी धेरै जानकाली लिनु बाकी छ। पक्रा पर्नअघि उनले जाँचमा पटक्कै सहयोग गरिरहेका थिएनन् औं एक पल्ट फेरि उनले जमानत पाए साक्ष्य प्रभावित हुनेनै छ, जाँच पनि प्रभावित हुनेछl’ दुवै पक्षलाई सुनेपछि न्यायाधीशले केही बेरको निम्ति अदालतको कारबाही रोके अनि पछि फसेला सुनाउँदै स्पष्ट गरे, मण्डललाई ७ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा बस्नपर्नेछ। यदि उनी अस्वस्थ भए पहिले सरह उनलाई अलीपुरको कमाण्ड अस्पतालमा चिकित्सकीय जाँचको निम्ति लगियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement