मुख्यमन्त्रीसँग एससीएसएस टोलीको भेट

IMG-20241009-WA0350

गान्तोक: सिक्किम क्रिश्चियन स्पोर्टस् समितिका सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। मुख्यमन्त्रीका राजनीतिक सचिव एवं सिक्किम क्रिश्चियन स्पोर्टस् समितिका प्रमुख संरक्षक जेकब खालिङको नेतृत्वमा गएको टोलीले आगामी १३ अक्टोबरदेखि शुरू हुने १०औं अन्तर चर्च फूटबल प्रतियोगिताबारे छलफल गरेको थियो। यसपाली आयोजना हुने फूटबल प्रतियोगिता पहिलाको स्केलबाट प्रतिष्ठित गोल्ड कप ढाँचामा परिवर्तन गरिने भएकोले यसले महत्त्वपूर्ण विकास गरेको दर्शाउने छ। यस प्रकारको खेलले केवल प्रतिस्पर्धात्मक भावना मात्र नबढाएर राज्यका मानिसहरूमा खेलकूदप्रति चासो राख्ने कुरालाई पनि दर्शाउने गरेको मुख्यमन्त्रीले बताएका छन्। समितिले यस कार्यक्रमलाई विशेष बनाउन प्रतिबद्ध र कडा परिश्रम गरेको महसुस गर्दै मुख्यमन्त्रीले उक्त खेलको सफलताको निम्ति कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement