आरटीआइ एक्ट जनताको मौलिक अधिकार होः विधानसभा उपाध्यक्ष

IMG-20241009-WA0345

गान्तोक: सिक्किम राज्य सूचना आयोगले आज चिन्तन भवनमा ‘हमारा पैसा, हमारा हिसाब, हम जानेंगे, हम जिएंगे’ विषयमाथि सूचनाको अधिकार सप्ताह आयोजना गऱ्यो। कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, कार्मिक तथा योजना तथा विकास विभागका सचिव रिन्जिङ छेवाङ भोटिया, सिक्किम सूचना आयोगकी सचिव रोशनी राई अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। मुख्य अतिथि राजकुमारी थापाले आफ्नो सम्बोधनमा आरटीआइ ऐनको महत्त्वलाई जोड दिँदै युवाहरूलाई यसबारे बुझ्न र उपयोग गर्न प्रोत्साहित गरे। उनले विद्यार्थीहरूलाई यो अधिकारको सकारात्मक रूपमा प्रयोग गर्न र भविष्यमा कुनै पनि दुरुपयोग नगर्न आग्रह गरिन्। त्यसैगरी उनले नारा प्रतियोगिताका एनएसएस सहभागीहरूलाई बधाई पनि दिइन् र सूचनाको हक मौलिक अधिकार रहेको बताइन्। यसअघि, आफ्नो सम्बोधनमा रोशनी राईले पारदर्शिता र जवाफदेहिताको सन्देश फैलाउन लक्ष्यमा जोड दिँदै अभियानबारे बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि कुबेर भण्डारीले हरेक वर्ष ५ देखि १२ अक्टोबरसम्म देशभरि मनाइने आरटीआइ सचेतना सप्ताहबारे जानकारी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement