खरसाङमा १० किलोमीटर म्याराथनको लागि डाउहिल खेल मैदानको निरीक्षण

IMG-20241009-WA0300

खरसाङ: खरसाङमा १० किलोमीटर म्याराथन आयोजनालाई लिएर आज खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकको निर्देशनमा साथै खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको डाउहिल स्कूलको खेल मैदानको निरीक्षण गरिएको छ। खरसाङमा १० किलोमीटर म्याराथन आगामी ८ दिसम्बरको दिन आयोजना गरिने भएको छ। यसै विषयमा खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकसहित खरसाङ महकुमा खेलकूद संघको प्रतिनिधिहरू र खरसाङ एथलेटिक क्लबको प्रतिनिधिहरू लगायत फरेस्ट विभागका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उक्त निरीक्षणपछि आगामी ८ दिसम्बरमा आयोजना गरिने १० किलोमीटर म्याराथन दौड डाउहिल स्कूलको खेल मैदानबाट शुरु भएर डियर पार्क हुँदै चिमनी देवराली पुगेर पुन: डाउहिल स्कूलको खेल मैदानमा आएर समाप्त गरिने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले आगामी 8 दिसम्बरमा हुने म्याराथनलाई लिएर खरसाङ महकुमा शासकको निर्देशनमा खरसाङको डाउहिल स्कूलको खेल मैदानको निरीक्षण गरिएको र यस निरीक्षणमा खरसाङ महकुमा शासक लगायत फरेस्ट विभागका अधिकारीहरूले धेरै सहयोग गरेको बताएका छन्। उनले यस कार्यमा खरसाङ महकुमा खेलकूद संघको प्रतिनिधिहरू र खरसाङ एथलेटिक क्लबको प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए भनी जानकारी गराएका छन्। उनले उक्त म्याराथन डाउहिल स्कूलको खेल मैदानबाट शुरु भएर डियर पार्क हुँदै चिमनी देवराली पुगेर प्राकृतिक दृश्यहरूको साथमा म्याराथन भएर पुन: डाउहिल स्कूलको खेल मैदानमा नै आएर समाप्त गरिने जानकारी गराएका छन्। उनले उक्त निरीक्षणमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement