दार्जिलिङ: लगभग दुई हप्तादेखि बन्द अवस्थामा रहेको सिंगताम चियाकमानको सह प्रबन्धकको घर आज आगो लागेर पूर्ण रूपमा खरानी बनेको छ। उक्त आगलागी आज मध्यान्हको समयमा लागेको जानकारी प्राप्त भएको छ। आगो भयानक भएको कारणले केही बचाउन नसकिएको बताइएको छ। आगो के कारणले लागेको त्यो पत्तो नलागे पनि स्थानीयहरूले उक्त आगलागीको घटना सट सर्किटको कारणले हुन सक्ने बताएका छन्। उक्त आगलागीको घटनापछि स्थानीय गाउँलेहरू सबै भेला भएर आगो निभाउने प्रयास गरेता पनि आगो बेसी दन्केर गएकोले केही क्षति हुनबाट रोक्न असमर्थ बनेको जानकारी प्राप्त भएको छ। यसको साथै आगलागीको घटनाको जानकारी प्राप्त भएपछि अग्निशमन विभाग आएर आगो निभाउने कार्य सम्पन्न गरेका थिए। तर पनि आगलागीमा सिंगताम चियाबारीको सह प्रबन्धकको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। उक्त आगलागी विषयमा अग्निशमन विभाग र स्थानीयहरूले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।











