सोनम वाङचुकको जन्तर मन्तरमा प्रदर्शन गर्नेबारे सुनुवाई

00-Sonam-Wangchuck-copy-1

नयाँ दिल्ली: जलवायु कार्यकर्ता सोनम वाङ्चुक र अन्यले जन्तर मन्तर वा राष्ट्रिय राजधानीको कुनै अन्य उपयुक्त ठाउँमा विरोध प्रदर्शन गर्न अनुमति माग्दै दायर गरेको याचिकाको छिट्टै दिल्ली उच्च अदालतमा सुनुवाइ हुनेछ। मंगलबार प्रधानन्यायाधीश मनमोहन र न्यायाधीश तुषार राव गडेलाको इजलाससमक्ष उक्त मुद्दामा तत्काल सुनुवाइका लागि निवेदन दिइएको थियो। यसबारे इजलासले बुधबारको लागि सूची गरेको छ। याचिकाकर्ता एपेक्स बडी लेहले वांगचुक र करिब २०० अन्यसँग लेह-लद्दाखदेखि दिल्लीसम्म शान्तिपूर्ण विरोध मार्च शुरु गरेको बताए। याचिकामा भनिएको छ कि संगठनले जन्तर मन्तर वा दिल्लीको कुनै अन्य उपयुक्त स्थानमा जागरूकता अभियान र शान्तिपूर्ण विरोध प्रदर्शन गर्न चाहन्छ। तर दिल्ली पुलिसले अक्टोबर ५ मा जन्तर मन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्ने अनुरोधलाई अस्वीकार गरेको छ। आन्दोलनलाई अनुमति नदिएर पुलिसले शान्तिपूर्ण विरोध गर्ने मौलिक अधिकार हनन गरेको निवेदनमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement