श्राचीले श्राची ररह बंगाल टाइगर्सको फ्रान्चाइजीसँग आईएचएलमा डेब्यु

IMG-20241009-WA0023

कोलकाता: श्राची स्पोर्ट्स हक्की इण्डिया लिग (आईएचएल) मा आफ्नो फ्रान्चाइजी, श्राची ररह बंगाल टाइगर्सको अधिग्रहणको साथ आफ्नो प्रवेशको घोषणा गर्न पाउँदा खुशी प्रकट गरेको छ। यो प्रतिष्ठित हक्की लिगमा पश्चिम बंगालको आफ्नै टोली पहिलो पटक हो। हक्की इण्डियाद्वारा आयोजित आईएचएलको छैटौं सत्र डिसेम्बरमा शुरु हुनेछ र फरवरीसम्म चल्नेछ। उल्लेखनीय रूपमा यो सिजनले महत्त्वपूर्ण विकास देखाउनेछ: प्रत्येक फ्रान्चाइजीले समान सहभागिता प्रवर्द्धन गर्दै पुरुष र महिला दुवै टोलीको स्वामित्व पाउनेछ। हक्की इण्डिया लीग, जुन शुरुमा २०१३ देखि २०१७ सम्म चलेको थियो, जसले विश्वभरका विशिष्ट हक्की प्रतिभाहरूलाई एकसाथ ल्यायो। टोकियो र पेरिस ओलम्पिकमा भारतीय पुरुष हक्की टोलीको हालैका सफलताहरूबाट उत्तेजित, सात वर्षको अन्तरालपछि, छैठौं सिजन फर्किएको छ।

श्राची खेलकुदका प्रबन्ध निर्देशक राहुल टोडीले घोषणामा उत्साह व्यक्त गर्दै भने, ‘हामी यस सिजन इण्डियन हक्की लिगसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं, र हाम्रो फ्रान्चाइजी, श्राची ररह बंगाल टाइगर्ससँग दीर्घकालीन सम्बन्धको लागि तत्पर छौं। यस प्रतियोगितामा हाम्रा पुरुष र महिला दुवै टोलीको प्रदर्शनप्रति हामी आशावादी छौं। आईएचएल जस्ता घटनाहरूले उच्च-स्तरीय पूर्वाधार र भारतको हक्की प्रतिभाको लागि एक्सपोजर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। कार्यक्रममा टेनिस आइकन लिएन्डर पेस पनि उपस्थित थिए, जसले पहललाई भारतीय हक्कीको लागि सकारात्मक कदमको रूपमा प्रशंसा गरे।‘ प्रतियोगितामा विभिन्न क्षेत्रहरू प्रतिनिधित्व गर्ने आठ टोलीहरू समावेश छन्: चेन्नई, लखनऊ, दिल्ली, कोलकाता, ओडिशा, हैदरावाद, राँची र पञ्जाब,  श्राची समूहसँगै संस्थाहरूद्वारा समर्थित चार्ल्स ग्रुप, यदु स्पोर्ट्स, एसजी स्पोर्ट्स-इन्टरटेन्मेन्ट, वेदान्त, रिजोलुट स्पोर्ट्स, नवोयम स्पोर्ट्स जस्ता कर्पोरेट र जेएसडब्ल्यु स्पोर्ट्स रहेको छ। खेलाडी छनोट अक्टोबरमा लिलामी प्रक्रियाबाट हुनेछ, जसको आधार मूल्य २ लाख, ५ लाख र १० लाख तोकिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement