जलपाईगढीको पूजा पण्डलहरूमा जम्मियो मानिसहरूको भीड

IMG-20241009-WA0232

जलपाईगढी: जलपाईगढी शहर र यसको वरपरका क्षेत्रहरूको थिम पूजाहरू मध्ये एक असम मोड तारापारा सार्वजनिक पूजा हो। यस वर्ष पुजा पण्डलको थिम ‘चाय ना होते उमा’ रहेको छ। पूजा पण्डलामा मूर्तिको दर्शन गरेपछि दर्शकलाई पूजाको विषयवस्तुबारे प्रष्ट जानकारी हुने पूजा आयोजकको दाबी छ। दिनदिनै भीड बढ्दै गएपछि पूजा मण्डलमा पुलिस सुरक्षा व्यवस्था गरिएको छ।  महापञ्चवीको साँझ जलपाईगढी पटकाटा कालोनी अग्रणी संघ र पाठागरको पूजा मण्डपमा दर्शकहरूको भीड जम्मा भएको थियो। ६७औँ वर्षमा यहाँ विशाल पण्डल बनाइएको छ। पूजा पण्डललाई सुन्दर शिल्पकलाले सजाइएको छ। यससँगै जलपाईगढी शहरको दिसरी क्लबको पूजा मण्डप अगाडि पनि दर्शनार्थीको ठूलो भीड देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement