खरसाङ: खरसाङको मन्टिभियट चियाबारीमा श्री श्री देवी मन्दिरमा दुर्गा पूजा शुरु भएको छ। मन्टिभियट ग्राम सुधार समिति र मन्दिर निर्माण कमिटीको संयुक्त आयोजनामा नौ दिवसीय श्री श्री सार्वजनिक दुर्गा पूजा शुरु भएको छ। उक्त दुर्गा ९ अक्टोबरदेखि शुरू भएर १० र ११ अक्टोबरसम्म चल्ने भएको छ। उक्त विषयमा जानकारी गराउँदै प्रणय रोकाले खरसाङको मन्टिभियट चियाबारीमा ग्राम सुधार समिति र मन्दिर निर्माण कमिटीका संयुक्त आयोजनामा गत वर्ष झैं यसपाली पनि श्री श्री सार्वजनिक दुर्गा पूजा आयोजना भईरहेको र यस पूजामा सबै ग्रामवासीहरूलाई उपस्थित भईदिने आह्वान् गरेका छन्।











