सोनादा: अब मालिकहरुको दमन नीतिबाट मुक्त हुन पहाड़को ८७ वटै चियाबगानको श्रमिकवर्ग एक हुनपर्छ। एकता नै बल हो भन्ने उक्तिलाई अब चिया बगानको श्रमिकहरुले सफल बनाउनुपर्छ भनी हाम्रो पार्टीको हाम्रो युवा शक्ति समूहले आह्वान् गरेका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको आदेशानुसार बुधबार हाम्रो पार्टी युवा टोली रिङटङ चिया बगानमा आन्दोलनरत चिया श्रमिकवर्गको अन्सनलाई साथ दिन पुगेका थिए। हाम्रो पार्टीलाई प्रतिनिधित्व गर्दै उक्त चिया बगानमा हाम्रो युवा शक्तिका अध्यक्ष राब्गे राई साथै सह-संयोजक आशिष छेत्री अनि सुरज गुरुङ पुगेका थिए।चिया श्रमिकको यस आन्दोलनलाई सदैव हाम्रो पार्टीद्वारा साथ दिने कुरो युवाबवर्गले उक्त कार्यक्रममा श्रमिकहरुलाई जनाएका छन्।
युवा शक्तिले अब मालिकहरुको दमन नीतिबाट मुक्त हुन पहाड़को ८७ वटै चिया बगानको श्रमिकवर्ग एक हुनपर्छ। एकता नै बल हो भन्ने उक्तिलाई अब चियाबगान श्रमिकहरुले सफल बनाउनुपर्छ भनी हाम्रो युवा शक्ति समूहले आह्वान् गरेका छन्।











