पी अर्जुनको निधनमा शब्द समयद्वारा शोक सभा

IMG-20241009-WA0282

खरसाङ: वरिष्ठ नाट्यकार, कवि, राजनैतिक चिन्तक तथा गोर्खाहरूको हित र हकको निम्ति दर्बिलो आवाज उठाउने शब्द समयका सक्रिय सदस्य पी अर्जुनको असामयिक निधन भ‌एकोमा शब्द समयल गायत सम्पूर्ण नेपाली/गोर्खाली समाजको अपूरणीय क्षति भ‌एको भन्दै शोक सभाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। शब्द समय, सालबारीले उनको वियोगमा सालबारीको स्थानीय ‘ सविता गोम्देन साहित्य कक्ष’-मा एउटा शोक सभा सम्पन्न गरी विदेही आत्माको चिर शान्तिका लागि एक मिनेटको मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। उक्त शोक सभाको आरम्भमा नर्थ बङ्गाल यूनिभर्सिटीका प्रध्यापक डा. सञ्जय वान्तवा, वरिष्ठ कवि मोहन ठकुरी, भविलाल लामिछाने, देविका मङ्ग्रान्ती, तथा मनिका प्रधानले पी अर्जुनको तस्वीरमा पुष्प र खदा अर्पण गरेका थिए। तत्पश्चात् उपस्थित सदस्यहरूमा वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडा, राजा पुनियानी, कथाकार एवं शब्द समयका संयोजक जीत सुनार, डीएसपी निर्मल सेञ्चुरी, कवि कृष्ण प्रधान, डीएसपी पूर्ण मगर तथा सञ्चालक लीलबहादुरले तस्वीरमा पुष्प चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए। प्राध्यापक डा. सञ्जय वान्तवा, भविलाल लामिछाने, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, राजा पुनियानी, देविका मङ्ग्रान्ती, जीतबहादुर सोनार, निर्मल सेञ्चुरी, मनिका प्रधान, कृष्ण प्रधान, पूर्ण मगर तथा लीलबहादुर सुनारले वरिष्ठ साहित्यकार पी अर्जुनले साहित्यिक, सामाजिक, नाट्यलगायत विभिन्न क्षेत्रमा पुरायाएको योगदानबारे आ-आफ्ना मन्तव्य राखेका थिए। शोक सभाको सञ्चालन शब्द समयका सदस्य लीलबहादुर सोनारले गरेका थिए।

About Author

Advertisement